Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पूर्व सचिव कार्की र गुरुङ विद्युत प्राधिकरणको नयाँ सञ्चालक नियुक्त


काठमाडौं । सरकारले देवेन्द्र कार्की तथा महेन्द्रबहादुर गुरुङलाई नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरी रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

मन्त्रालयले यसअघि सञ्चालक समितिमा रहेका सदस्य द्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएर कार्की र गुरुङलाई सञ्चालक समिति सदस्य बनाएको हो ।

सञ्चालकमा नियुक्त भएका कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् । गुरुङ विद्युत विकास विभागका पूर्वमहानिर्देशक तथा पञ्चेश्वर विकास प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनीहरु दुवैसँग ऊर्जा क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव छ ।

आचार्य र पुनले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता असुल हुने सुनिश्चित नभई विद्युत लाइन जोड्न नहुँने मत प्राधिकरण सञ्चालक समितिको बैठकमा राखेका थिए ।

यही कारण, उनीहरुसँग ऊर्जामन्त्री दीपक खड्काले स्पष्टीकरण मागेका थिए । मन्त्री खड्काले उनीहरूले पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै गत साउन १८ गते आचार्य र पुनलाई प्राधिकरणको सञ्चालक समिति सदस्यबाट बर्खास्त गरेका थिए ।

विद्युत प्राधिकरणको सञ्चालक समिति बैठकले गत साउन ७ गते लाइन काटिएका ६ उद्योगमा विद्युत आपूर्ति सुचारु गर्ने निर्णय गरी त्यही राति लाइन जोडेको थियो । यही दिनको बैठकमा आचार्य र पुनले उद्योगीको विद्युत लाइन जोड्ने सम्बन्धमा फरक मत राखेका थिए ।


Read Previous

रिडी-रुद्रावेनी-वामीटक्सार सडक खण्डमा ४ वटा पक्की पुल निर्माण गरिँदै

Read Next

बिमस्टेक पूर्वाधार विकास कोष अहिलेको आवश्यकता: अध्यक्ष ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *