Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

साँझसम्ममा ६ वटै उद्याेगकाे विद्युत आपूर्ति सुचारु गर्ने प्राधिकरणकाे निर्णय


काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले  डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा परेका ६ वटा उद्योगकाे काटिएको विद्युत लाइन जाेड्ने भएकाे छ । विद्युत नियमन आयाेगकाे निर्देशन बमाेजिम प्राधिकरण सञ्चालक समितिले मंगलबार साँझबाट क्रमशः सबै उद्याेगकाे विद्युत आपूर्ति सुचारु गर्ने निर्णय गरेकाे हाे ।

डेडिकेटेड फिडर र ट्रंक लाइनकाे महसुल ३ महिनाभित्र विद्युत महसुलकाे बाँकी बक्याैता भुक्तानी गर्नुपर्ने र नगरेकाे खण्डमा पुनः लाइन काट्ने गरी साँझबाटै उद्याेगमा लाइन जाेड्ने निर्णय भएकाे प्राधिकरणले जनाएकाे छ ।

डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवादमा प्राधिकरणले गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

प्राधिकरण बोर्डले गरेको निर्णयमा सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यले भने फरक मत राखेको एक सदस्यले जानकारी दिए । उनीहरूले विद्युत् महसुल उठ्ने ग्यारेन्टी नभई काटिएको लाइन जोड्न नहुने मत राखेको स्रोतले बतायो ।

बोर्ड बैठकको निर्णय :

प्राधिकरणले लाइन काटेर उद्याेगलाई डेडिकेटेड फिडर र ट्रंक लाइनकाे विद्युत महसुल बक्याैता तिर्न ताकेता गर्दै आएकाे थियाे । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार सबै उद्याेगकाे लाइन जाेड्न निर्देशन दिएका थिए ।

यस्तै, आइतबार विद्युत् नियमन आयोगले पनि विवाद कायमै रहेको बखत लाइन काट्न नमिल्ने कानुनी व्यवस्था रहेको कारण देखाउँदै उद्याेगमा विद्युत आपूर्ति सुचारु गराउन प्राधिकरणलाई लिखित निर्देशन दिएको थियो । सबैतिरबाट लाइन जाेड्न दवाब बढेपछि प्राधिकरण उद्याेगमा विद्युत आपूर्ति सुचारु गर्ने निर्णयमा पुगेकाे हाे ।


Read Previous

प्राधिकरणकाे कृष्णनगर वितरण केन्द्रले गत आवमा १ अर्ब २८ करोड राजस्व संकलन गर्याे  

Read Next

ऊर्जा मन्त्री खड्का समक्ष  इप्पानले राख्यो ८ बुँदे माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *