Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

२० मेगावाट सौर्य विद्युत प्रसारण प्रणालीमा जोडेको पियोर इनर्जीलाई विभागको सम्मान


काठमाडौं । विद्युत विकास विभागले पियोर इनर्जी लिमिटेडलाई सम्मान गरेको छ । विभागको मंगलबार सम्पन्न ३१औं वार्षिकोत्सवका अवसरमा गोल्यान समूह अन्तर्गतको यो कम्पनीलाई सम्मान गरिएको हो ।

पियोर इनर्जीले गत आर्थिक वर्षमा बाँकेमा २० मेगावाटका २ सौर्य विद्युत आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडी राष्ट्रका लागि योगदान गरेको कदर स्वरुप सम्मान गरिएको हो । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले गोल्यान समूह (ऊजा व्यापार) का कार्यकारी निर्देशक प्रवीण अर्याललाई सम्मानपत्र प्रदान गरे ।

पियोर इनर्जीले बाँकेमा १०/१० मेगावाटका २ सौर्य विद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गर्दै आएको छ । गोल्यान समूहले सौर्य ऊर्जा बाहेक पनि जलविद्युत आयोजनामा लगानी गरेको छ ।

अहिले गोल्यान समूहसँग ७ सय मेगावाटका जलविद्युत आयोजना तथा ६० मेगावाटका सौर्य विद्युत आयोजनाको अनुमतिपत्र छ । कर्णाली प्रदेशमा मात्रै ४४१ मेगावाटका २ जलविद्युत आयोजना निर्माण हुने छन् ।


Read Previous

१ वर्षमा ४ लाख २७ हजार पर्यटकले मुस्ताङ भ्रमण गरे

Read Next

अवरुद्ध बेँसीसहर-चामे सडक अझै खुलेन   

Leave a Reply

Your email address will not be published. Required fields are marked *