Nepal Purbadhar

केयुद्वारा २०४० सम्मकाे विद्युत प्रसारण प्रणाली गुरूयाेजनाकाे विस्तृत मोडेल तयार


काठमाडौं । काठमाडाैं विश्व विद्यालय (केयु) का अनुसन्धानकर्ता र विद्यार्थीले नेपालको विद्युत प्रसारण प्रणालीकाे विस्तृत मोडेल तयार पारेका छन्। केयुका उप-प्रध्यापक डा. विशाल सिलवाल नेतृत्वको टोलीले याे माेडेल तयार गरेकाे हाे ।

याे मोडेल राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले तयार पारेको नेपालको प्रसारण लाइन विकास योजनाको आधारमा तयार गरिएको सिलवालले बताए । उनका अनुसार केयुले  “टुवार्ड्स अ फ्युचर-रेडी ग्रिड” नामको गोष्ठी आयाेजना गरी बुधबार याे मोडेल सार्वजनिक गरिसकेकाे छ ।

याे मोडेलमा नेपालको हालको प्रसारण ग्रिडको अवस्थाका साथै सन् २०२५ देखि सन् २०३०, सन् २०३५  हुँदै सन् २०४० सम्मको प्रसारण  ग्रिडबारे अध्ययन गर्न सकिने सिलवालले बताए ।

ग्रिड-२०४० नाम गरेको अनुसन्धान परियोजना अन्तर्गत नेपालको विद्युत प्रसारण प्रणालीको मास्टर प्लानको मोडेल बनाइएको उनले बताए । ‘‘जलविद्युतमा आधारित नेपालकाे ऊर्जा क्षेत्रमा भविश्यमा आउनसक्ने वातावरणिय प्रभाव, देशभित्रकाे औद्याेगिकरण, विद्युतीय चुलो र विद्युतीय गाडी बढ्दाे उपयाेगले विद्युत उत्पादनमा आउन सक्ने बदलाब जस्ता अवस्थाकाे अध्ययन गर्न याे माेडल उपयाेगी हुनेछ, ’’ उनले भने, ‘‘यसले विद्युतीय ऊर्जा क्षेत्रको योजना बनाउन पनि मद्दत पुग्नेछ ।’’

ग्रिड-२०४० का अनुसधान्कर्ताहरुले मेसिन-लर्निङ र एआई जस्ता आधुनिक प्रविधिबाट नेपालको विद्युत मागको प्रक्षेपण, नेपाली ग्रिड डाइनमिक लाइन रेटिङ प्रविधिको प्रयोगले ल्याउन सक्ने लाभ लगायतका बिषयमा प्रस्तुतिकरण दिए। कार्यक्रममा सह-प्राध्यापक ब्रिजेश अधिकारी, सह-प्राध्यापक बसन्त गौतम र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवालीले केयुले तयार गरेकाे माेडलले भविश्यमा दिने नतिजा राम्राे र प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे ।

नर्वेको पररास्ट्र मन्त्रायलको आर्थिक सहयोगमा सन्चालित इनर्जाइज नेपाल प्रोग्रामले सहयोग गरेको ग्रिड्-२०४० प्रोजेक्ट केयुको इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स ईन्जिनियरिङ विभागले कार्यान्वयन गरेको हो। २ वर्ष अवधी रहेको उक्त प्रोजेक्ट अन्तिम चराणमा पुगेको र सोही अनुरुप विभिन्न सरोकारवालाहरुको उपस्थितीमा प्रोजेक्टका मुख्य नतिजाहरुलाई प्रस्तुत गर्न गोष्ठी आयोजना गरिएको थियो।


Read Previous

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध   

Read Next

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल