Nepal Purbadhar

नवीकरणीय ऊर्जा विधेयक विधायन व्यवस्थापन समितिमा


काठमाडौं । राष्ट्रियसभाको साेमबारकाे बैठकले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रियसभाकाे बैठकले दपफावार छलफलका लागि समितिमा पठाएकाे हाे ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उक्त विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

मन्त्री श्रेष्ठकाे प्रस्ताव राष्ट्रियसभाकाे बैठकले सर्वसहमतिले स्वीकृत गरेको थियो । समितिले सम्बन्धित सराेकारवालाहरूलाई बाेलाएर छलफल तथा अन्तरक्रिया गरेर आएका सुझावहरू समेटेल विधेयकलाई अन्तिम रुप दिनेछ ।

Facebook Comments

Read Previous

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

Read Next

सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar