Nepal Purbadhar

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ बढ्याे


काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार  पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको हाे ।

नेपाल आयल निगमका  अनुसार सोमबार बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू भएकाे छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४.५० रुपैयाँ कायम भएकाे छ । त्यसैगरी, डिजेल र मट्टिटेलको मूल्य  प्रतिलिटर १५४.५० रुपैयाँ कायम गरिएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ कायम भएको छ । डिजेल र मट्टिटेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ  कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ ।


Read Previous

‘ट्र्याक’ खुलेको डेढ दशकपछि बल्ल बाँसबोट सडकमा कालोपत्र   

Read Next

फिक्कल-नयाँबजार सडक कालोपत्र,सर्वसाधारणकाे दैनिक यात्रा सहज