Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सुपर न्यादी आयोजनाको ६५ प्रतिशत निर्माण पूरा,असाेजदेखि विद्युत उत्पादन


लमजुङ। यहाँ निर्माणाधीन ४२.६० मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजनाको ६५ प्रतिशत निर्माण पूरा भएकाे छ ।  सिउरी न्यादी हाइड्रो पावर कम्पनीले मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा निर्माणाधीन आयोजनाको यति निर्माण सकिएकाे हाे ।

लक्ष्य अनुसार प्रगति हासिल हुन नसकेपनि निर्माण अन्तिम चरणमा पुगेकाे आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङले बताए । उनका अनुसार अब    आयोजनाकाे ३५ प्रतिशत निर्माण बाँकी छ ।

आगामी असारभित्रमा याे आयाेजना सम्पन्न गर्नुपर्ने तालिका भएपनि विविध कारणले लक्ष्यअनुसार प्रगति हुन नसकेकाे गुरुङले बताए । उनले निर्धारित समयमा काम सम्पन्न गर्नेगरी अघि बढेको यो आयोजना कोरोना महामारीका कारण एक दिनमा हुने काम सात दिन लागेको, कामदार आउन समस्या, सामग्री ढुवानीमा समस्यालगायतले निर्माण कार्यमा ढिलाइ हुँदा विद्युत उत्पादनकाे तालिका प्रभावित हुन पुगेकाे बताए ।

आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) अनुसार २०८१ असारभित्र विद्युत् उत्पादन सुरु गरिसक्नुपर्ने तालिका छ । अब बाँकी काम सम्पन्न गरेर आगामी असोजभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएकाे उनले बताए ।

आयाेजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइनको काम सम्पन्न भइनसकेकाले समेत विद्युत उत्पादनकाे तालिका प्रभावित हुन पुगेकाे गुरुङले बताए । उनले आयोजनाको निर्माणकार्य लम्बिँदा नियमित भार परे पनि करिब रु सात अर्ब लागतको लक्ष्यमै निर्माण सम्पन्न गरिने बताए ।

हालसम्म यस आयोजनाको विद्यृत्गृह पुग्ने पहुँच सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ भने विद्युत्गृह निर्माणका लागि ३८७ मिटर सुरुङमार्ग निर्माण गर्ने कार्य, ६ हजार ८ सय मिटरको सुरुङमार्गमध्ये ५ हजार ६ सय मिटर टनेलको सुरुङ निर्माणको काम सम्पन्न भएको छ ।

त्यस्तै, भूमिगत पावर हाउसको खन्ने, सुरुङका लागि दुई अडिट टनेलसहित पाँच सय मिटर खन्नेलगायतका काम सम्पन्न भइसकेको छ । साथै ड्यामसाइडसम्मको २२ किलोमिटर सडक निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पेनस्टक र भूमिगत विद्युतगृहकाे  काम ८० प्रतिशत सम्पन्न भएको छ । सिभिलको काम अन्डरग्राउड टनेल खन्ने काम, पावरहाउसको अन्डरग्राउण्ड खन्ने काम, मुख्य सुरुङ खन्ने काम, इलोटोकमेकाइनिकललगायत काम यतिबेला तीव्र रूपमा भइरहेको छ ।

जीएण्डजी इन्फ्र प्राइभेट लिमिटेडले निर्माणको काम गरिरहेको छ । आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । प्रवद्र्धकको इक्विटी (स्वपुँजी) एक अर्ब ७५ करोड रुपैयाँ रहने छ । उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवद्र्धकको २५ प्रतिशत रहने आयोजनाले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत विद्युत्गृहबाट ११ किलोमिटर टाढाको टारीकुनामा निर्माणाधीन खुदी सबस्टेशनमा जोडिने छ । सबस्टेसनसम्मको प्रसारण लाइनमध्ये करिब ६ किलोमिटर आयोजनाले नै निर्माण गर्ने भएको छ ।


Read Previous

बन्दीपुर केवलकार व्यावसायिकरुपमा सञ्चालन   

Read Next

बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा पहिरोको जाेखिम उच्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *