Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

वर्षाले खाँदबारी–नुम सडकमा क्षति,कराेड बढीकाे क्षति   


सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम सडक खण्डको ठूलोढुङ्गा अरुणथानमा भिषण वर्षासँगैकाे बाढीले क्षति पुर्याएकाे छ । बाढीले सडक खण्डकाे ४ किलोमिटर क्षेत्रमा क्षति क्षति पुर्याएकाे हाे ।

यो सडक खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । उनका अनुसार बाढीले कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा आवत-जावतमा समस्या भएकाे छ ।

आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब एक करोड रुपैयाँ बराबरकाे क्षति भएको पनि उनले बताए ।


Read Previous

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र

Read Next

विद्युत प्राधिकरणकाे आफ्नै अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टर सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *