Nepal Purbadhar

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौं कामदार उत्खननमा व्यस्त


दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ ।

ड्रिलिङ ४ हजार ५ सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उहाँले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।

Facebook Comments

Read Previous

हावा हुरीले पोल ढाल्दा तनहुँका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध

Read Next

जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar