Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा


काठमाडाैं । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे-लिखु जलविद्युत् आयोजनाको मुख्य सुरुङ पूरा भएकाे छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको लिखुतर्फकाे १.४२६ किलाेमिटर लामाे मुख्य सुरुङ खनेर सकिएकाे हाे ।

आयोजनाको लिखुतर्फकाे मुख्य सुरुङ सुरुङ बुधबार (जेठ २ गते) छेडिएकाे कम्पनीका महाप्रबन्धक रमेश अधिकारीले बताए । उनका अनुसार नुप्चेतर्फकाे सुरुङ निर्माणकाे काम भइरहेकाे छ ।

‘हाम्राे आयोजनामा नुप्चे र लिखु खाेलाकाे पानी उपयाेग हुने हुँदा २ वटा बाँध र सुरुङ निर्माण गर्नुपर्छ । कूल ७.४५० किलाेमिटर मध्ये अहिले लिखुतर्फको मुख्य सुरुङ पूरा भएकाे छ । नुप्चेतर्फकाे सुरुङ पनि ६ महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेकाे छ’,उनले भने । आयोजनाकाे २९९ मिटरको ठाडो सुरुङ (भर्टिकल साफ्ट) काे निर्माण भने यसअघि नै सम्पन्न भइसकेको उनले बताए ।

समुन्द्री सतहबाट ३३४० मिटर उचाइमा याे आयोजना बाँध निर्माण भइरहेकाे छ । विद्युतगृह २६०० मिटर उचाइमा बनिरहेकाे छ । हिउँदमा अधिक चिसाे हुने हुँदा फागुनपछिबाट मात्रै निर्माणले गति पाउने गरेकाे छ ।

अहिलेसम्म आयोजनाकाे सिभिलतर्फ करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेकाे अधिकारीले बताए । याे आयोजनाको लिखुतर्फको बाँध क्षेत्रमा करिब ९५ प्रतिशत निर्माण  पूरा भएको छ ।

नुप्चेतर्फको काम पनि तिव्र गतिमा भइरहेको उनले बताए । दुवै बाँधकाे संरचना निर्माणकाे काम २०८१ फागुनभित्र सम्पन्न गर्ने अधिकारीकाे दाबी छ । आयोजनाको सबै काम पूरा गरेर २०८२ साउनभित्र उत्पादन गर्ने लक्ष्य छ ।

आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा आउँदा वार्षिक ३८१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । क्यू ४५ मा डिजाइन गरिएको यो आयोजनाकाे विद्युत बिक्रीबाट वार्षिक २ अर्ब ३५ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

आयोजनाबाट उत्पादित विद्युत् २४ किलोमिटर दुरीमा रहेको १३२ केभी गर्जाङ सबस्टेसनमा लगेर जोडिनेछ । याे आयोजना निर्माण सम्पन्न गर्न १० अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाकाे ७५ प्रतिशत ऋण लगानी छ । २५ प्रतिशत स्वपुँजी लगानी छ ।


Read Previous

घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

Read Next

१० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *