Nepal Purbadhar

भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो


काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीस्थित भैरहवा नाका हुँदै आयात गर्ने पेट्रोलियम पदार्थको परिमाण घटेको छ । निगमले भारतको बेलहियाबाट भैरहवा हुँदै नेपाल भित्र्याउने पेट्रोल तथा डिजेलको परिमाण घटेको हो । देशभित्र खपतमा कमी आएकाले पेट्रोज तथा डिजेलको आयात परिमाण घटेको जनाइएको छ । भैरहवा भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत मसान्तसम्म)मा बेलहियाबाट ४ अर्ब ५८ करोड ५८ करोड ६५ लाख ६६ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

यती मूल्य बराबरको ४६ हजार किलोलिटर पेट्रोल तथा डिजेल आयात हुँदा २ अर्ब ६३ करोड ३९ लाख ९५ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको पनि भन्सार कार्यालयले जनाएको छ ।पेट्रोल अघिल्लो आर्थिक वर्षको यही अवधिमा आयात भएकोभन्दा १ हजार १ सय किलोलिटर कम देखिएको छ । गत वर्ष यो अवधिमा बेलहिया हुँदै ४७ हजार १ सय किलोलिटर पेट्रोल आयात हुँदा २ अर्ब ६९ करोड ८४ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

यस्तै, डिजेल भने गत वर्षको तुलनामा ९ हजार किलोलिटर कम आयात भएको कार्यालयले जानकारी दिएको छ । गत वर्ष यही अवधि ४६ हजार २ सय ६४ किलोलिटर डिजेल आयात हुँदा एक अर्ब ४५ करोड २४ लाख ४० हजार रुपैयाँ राजस्व भन्सार कार्यालयले उठाएको थियो ।

चालू आर्थिक वर्षको ९ महिनामा महिनामा ३६ हजार ८३६ किलोलिटर डिजेल निगमले आयात गरेको छ । चालू आर्थिक वर्षमा ४ अर्ब ३ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको डिजेल आयात हुँदा १ अर्ब ५२ करोड २३ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षको तुलनामा पेट्रोल तथा डिजेल आयातको परिमाणमा कमी आएको भएपनि मूल्य महंगो भएका कारण राजश्य संकलन भने भएको भन्सार कार्यालयले जनाएको छ ।

बेलहियाबाट भैरहवा हुँदै नेपाल भित्रिने पेट्रोलियम पदार्थ निगमको भलबारीस्थित डिपोमा भण्डारण गरी रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, दाङ, रोल्पा, रुकुम, प्युठान लगायत जिल्लामा बिक्री वितरणका लागि पठाइन्छ ।

Facebook Comments

Read Previous

२०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

Read Next

६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar