Nepal Purbadhar

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो   


काठमाडौं । नेपाल आयल निगम लिमिटेडले  पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य बढाएकाे छ । निगमले मंगलबार बिहानदेखि लागु हुने गरी पेट्रोलियम पदार्थकाे मूल्यमा वृद्धि भएको हो ।

इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोलियम पदार्थकोप्रति लिटर २.९६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.४६ रुपैयाँ बढाउने निर्णय भएकाे निगमले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएकाे छ ।

मूल्य वृद्धिपछिकाे खुद्रा मूल्यअनुसार पेट्रोल प्रतिलिटर रुपैयाँ १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १६१ रुपैयाँ पुगेको छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १७५.५०रुपैयाँ तोकिएको छ ।

यस्तै दोस्रो वर्ग अन्तर्गत न्र्तगतको सुर्खेत र दाङका लागि प्रतिलिटर १७७ रुपैयाँ मूल्य पुगेकाे छ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य प्रतिलिटर १६१ रुपैयाँ कायम गरिएको छ ।


Read Previous

ग्लोबल आइएमई बैंककाे क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

Read Next

दैजी-जोगबुढा सडक निर्माणले गति लिन सकेन