काठमाडौं । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । अघिल्लाे वर्षकाे यही महिनाकाे तुलनामा नेपाल घुम्न आउने विदेशी पर्यटक बढेका हुन् ।
गत वर्षको मार्च महिनाको तुलनामा याे वर्ष नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७ सय ४१ जना बढेकाे नेपाल पर्यटक बोर्डले जनाएकाे छ । बाेर्डका अनुसार गत वर्ष मार्च महिनामा कूल ९९ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका छन् ।
मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् । भारतबाट याे महिना ३० हजार ६ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या १२ हजार ९३ जनाकाे छ ।
बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७ सय ७३ र बेलायतबाट ७ हजार २ सय ४१ जना, श्रीलङ्काबाट ५ हजार ७ सय ४१, जर्मनीबाट ५ हजार २ सय ५५ जना, थाइल्याण्डबाट ४ हजार ३ सय ४५ जना, फ्रान्सबाट ३ हजार २ सय ४० जना र म्यानमारबाट ३ हजार १ सय ३१ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क) बाट ४० हजार ७ सय २७, एसिया (अन्य) बाट २८ हजार ६ सय ४८, यू्रोपबाट २७ हजार ५ सय ८२, ओसनियाबाट ५ हजार ७ सय ८० तथा क्यानडा र अमेरिकाबाट १२ हजार ६ सय १४ जना पर्यटक नेपाल आएका छन् ।
यस वर्षको जनवरीमा ७९ हजार १ सय र फेब्रुअरीमा ९७ हजार ४ सय २६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२३ को पहिलो ३ महिनामा ३ लाख २७ हजार ३ सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमो सन् २०२४ को पहिलो ३ महिनामा ३ लाख ४ हजार ६ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन ३३.७८ प्रतिशतले बढी हो ।