Nepal Purbadhar

यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सुधार कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री समक्ष माग गरेको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आइतबार नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भेटेर देशभरको यातायात क्षेत्रको सुधारका लागि कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको हो ।

महासंघको टोलीले सार्वजनिक यातायात क्षेत्रको लगानी संरक्षणका साथै व्यवस्थित ढंगले यातायात सेवा सञ्चालन गर्न मन्त्रीसमक्ष अनुरोध गरेको छ । मन्त्री महासेठले सरोकारवाला निकायसँग समन्वय गरेर यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आइतबार नै महासंघको टोलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर यातायात क्षेत्रका समस्या समाधानका निम्ति गम्भीर हुन आग्रह गरेको थियो ।

Facebook Comments

Read Previous

ग्लोबल आइएमई बैंकद्वारा प्राचिन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

Read Next

तनहुँ जलविद्युत आयाेजनामा १७ सयभन्दा बढी स्थानीयलाई रोजगारीकाे अवसर,आधा काम सकियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar