Nepal Purbadhar

भूमिगत वितरण लाइनकाे कामका लागि ४ घन्टा विद्युत आपूर्ति बन्द हुने


काठमाडाैं । राजधानीका विभिन्न स्थानमा आइतबार विद्युत आपूर्ति बन्द हुने भएकाे छ । नेपाल विद्युत प्राधिकरणकाे महाराजगञ्ज वितरण केन्द्रले भूमिगत वितरण लाइनकाे कामका लागि ४ घन्टा विद्युत आपूर्ति बन्द गर्न लागेकाे हाे ।

वितरण केन्द्रका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि लाजिम्पाटको एभरेष्ट बैंकदेखि राष्ट्रपति भवन हुँदै टुँडालदेवीसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

यस्तै,  साेमबार पनि गोल्फुटार पेट्रोलपम्पदेखि बसुन्धारासम्म  र मंगलबार गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा  विद्युत  आपूर्ति बन्द रहने प्राधिकरणले जारी गरेकाे सूचनामा जनाइएकाे छ ।

प्राधिकरणले राजधानीकाे विद्युत वितरण प्रणाली भूमिगत बनाउन दर्जनाैं स्थानमा काम गरिरहेकाे छ ।


Read Previous

मुस्ताङमा पर्यटकका लागि वैकल्पिक पदमार्ग पहिचान   

Read Next

लुम्बिनी क्षेत्रमा सुविधासम्पन्न होटलकाे लगानी ६० अर्ब पुग्याे