Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

महाकाली करिडोर सडककाे २४१ किलाेमिटर ट्र्याक खोलियो, ३ जिल्लाकाे अझै बाँकी   


बेदकोट । महाकाली करिडोर सडक आयाेजनाअन्तर्गत  २४१ किलोमिटर ट्र्याक खोलिएको छ । कञ्चनपुरदेखि दार्चुला खण्डमा सडककाे ट्र्याक खाेलिएकाे हाे ।

अब डडेल्धुरा, बैतडी र दार्चुलामा पर्ने रुटकाे ९३ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको महाकाली करिडोर आयोजना कार्यालयका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए । “बाँकी स्थानमा तीव्र गतिमा ट्र्याक खोलिएको छ । रुख कटानको आदेश आएको छ”, उनले भने, “ट्र्याक खोलिएको खण्डमा कालोपत्र गर्ने तयारी भइरहेको छ ।”

उनका अनुसार डडेल्धुराको सिमल्टा–भागेश्वर–सुनर्या खण्डको ३१ किलोमिटर खण्डमा २० महिनापछि रुख कटानको आदेश आएको छ । डडेल्धुरा खण्डमा २ हजार ६ रुख काट्नुपर्नेछ ।

बैतडीको सुनर्या–दोगडाकेदार ३५ किलोमिटर खण्डमा ३५ किलोमिटर खोल्ने काम भइरहेको छ । दार्चुलाको २७ किलोमिटर धनथला–सलेती खण्डको पनि कटान आदेश आएर ट्र्याक निरन्तर रुपमा काम भइरहेको आयोजनाले जनाएको छ ।

ट्र्याक खोलिएको ३७ किलोमिटर खण्डमा कालोपत्रका लागि सडक स्तरोन्नतिको काम पनि जारी छ । “डडेल्धुरा खण्डको पाँच किलोमिटर स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा सकिन्छ”, आयोजना प्रमुख जोशीले भने, “दार्चुला खण्डमा अहिले सडक चौडा गर्ने र नाली बनाइरहेका छौं ।”

महाकाली करिडोरअन्तर्गत पर्ने १९ हजार ६६ रुख काट्नुपर्ने उनले बताए । याे सडक करिडोर बनेपछि सुदूरपश्चिमको कायाकल्प हुने यस क्षेत्रका स्थानीयको विश्वास छ ।

२०६५/०६६ देखि महाकाली करिडोरको काम थालिएको भए पनि दशक बितिसक्दा पनि सम्पूर्ण सडकको ट्र्याक खुलेको छैन । कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलाका विकट क्षेत्र जोड्दै चीनको सिमानासम्म पुग्ने यो सडकले सुदूर पहाडको आधाभन्दा बढी भूभागलाई तराईसँग जोड्ने छ ।

कञ्चनपुरदेखि दार्चुलासम्म $ सय २५ किलोमिटर सडक निर्माण हुनेछ । ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म तीन सय ३४ किलोमिटर सडक महाकाली करिडोर सडक आयोजनाले निर्माण गरिरहेको छ ।

तुसारपानीदेखि तिङ्करसम्म ९१ किलोमिटर सडकको ट्र्याक नेपाली सेनाले खोली रहेको छ । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको महाकाली करिडोरको काम चाँडो पूरा गर्न स्थानीयले माग गरेका छन् ।

“महाकाली करिडोर बन्ने भनेर सुनेको दशकौँ भइसक्यो । अहिलेसम्म बनेको छैन । यो बाटो निर्माण भए हामीलाई धेरै सजिलो हुन्छ”, भीमदत्त नगरपालिका–९ खल्लाका श्याम बुढाले भने, “त्यसैले करिडोर निर्माणमा अब ढिलासुस्ती हुन हुँदैन ।”


Read Previous

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुँदै   

Read Next

मुग्लिन-पोखरा सडकमा दुवैतर्फ ४ किलोमिटर कालोपत्र   

Leave a Reply

Your email address will not be published. Required fields are marked *