Nepal Purbadhar

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सवका अवसरमा क्यूआर पेमेन्टमा १७ प्रतिशत छुट


काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत गरिने कारोबारहरुमा १७ प्रतिशतसम्म छुट तथा १ हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुलाई यही पौष १६ गतेदेखि माघ १७ गतेसम्मका लागि बैंकको भिषा डेबिट र क्रेडिट कार्ड तथा एससीटी कार्डबाट योजना अवधिभर पीओएस मेसिनमार्फत गरिने १० वटाभन्दा बढी कारोबारमा २० हजार रुपैयाँभन्दा माथिको कारोबार रकममा १,००० रुपैयाँको क्यासब्याक उपलब्ध गराउने छ ।

यसका साथै, वार्षिकोत्सवकै अवसर आफ्ना ग्राहकहरुलाई थप छुट प्रदान गर्ने उद्देश्यका साथ बैंकका नयाँ खाता खोली ग्लोबल स्मार्ट प्लस प्रयोग गर्ने ग्राहकहरुले एस.एम.एसमा प्राप्त प्रोमो कोड प्रयोग गरी पहिलो पटकको क्यूआर कारोबार तथा मोबाइल रिचार्जमा १७ प्रतिशत वा अधिकतम १७० रुपैयाँ सम्मको छुट प्रदान गर्नेे योजना सार्वजनिक गरेको छ । यो क्यासब्याक योजना पौष १७ गते देखि २३ गतेसम्म लागू हुनेछ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरु अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो ।

देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क/बैदेशिक प्रतिनिधि कार्यालय सहित ११ सय भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

Read Previous

कालीगण्डकी करिडोर सडक : ४ वर्षपछि नागढुङ्गा-काभ्रे खण्डको काम सुरु

Read Next

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सव, सातै प्रदेशमा प्रभातफेरि कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar