Nepal Purbadhar

गोल्यान समुहबाट थप १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन शुरु


काठमाडौं । गोल्यान समुहअन्तर्गतको प्योर इनर्जी कम्पनीले १० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन थालेको छ । कम्पनीले आइतबारदेखि दुईमध्ये पहिलो ब्लकबाट बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरमा सौर्य उर्जा उत्पादन थालेको हो ।

यस कम्पनीले दुई ब्लकबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम थालेको थियो । दोस्रो ब्लकबाट भने मे २०२३ देखि नै उत्पादन थालिसकेको छ ।

दुवै सोलार पावर प्लाण्ट सञ्चालनमा आएपछि एकल रुपमा प्योर इनर्जी देशकै सबैभन्दा ठूलो सौर्य उत्पादक कम्पनी बनेको छ । कम्पनीले उत्पादित विद्युत् चाडै नै राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने तयारी गरेको छ ।

सौर्य विद्युत उत्पादनले हरित ऊर्जा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीले विश्वास लिएको छ ।

Facebook Comments

Read Previous

डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक

Read Next

दिगो पूर्वाधार विकासबाट मात्रै समृद्धिको ढोका खुल्छ : मन्त्री ज्वाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar