Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

दीगाे पूर्वाधार निर्माणमा चुनौति थपिएकाे निष्कर्षसहित काठमाडौं घोषणापत्र जारी गर्दै इफाप्का सम्मेलन सम्पन्न


काठमाडौं । १४ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै ४६ औं इफाप्का सम्मेलन राजधानीमा सम्पन्न भएको छ । सम्मेलन अन्तर्गत शुक्रवार भएको समापन सत्रमा इफाप्का अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले १४ बुँदे काठमाडौं घोषणा पत्र जारी गरे ।

दिगो पूर्वाधारले आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएतापनि बढ्दो जनसंख्या, शहरीकरण, जलवायु परिवर्तन लगायतका कारण दीगोे पूर्वाधारको उद्देश्यमा चुनौति थपिएकाले तत्काल आवश्यक कदम चाल्नुपर्ने घोषणापत्रमा उल्लेख छ । प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण आजको आवश्यकता भएको भन्दै घोषणापत्रमा भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने भनिएकाे छ ।

जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्वन उत्सर्जनमा कटौती, परियोजनाको तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यास जस्ता बुँदाहरू पनि घोषणापत्रमा समेटिएका छन् । शहरी पूर्वाधार सहित उर्जा, यातायात लगायतका क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने बुँदाहरू घोषणापत्रमा रहेका छन् । इफाप्का आबद्ध सदस्य राष्ट्रहरूबीच अझ बलियो साझेदारी कायम गरिनुपर्ने बुँदा पनि घोषणापत्रमा रहेको छ ।

दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित मंसिर ५ बाट शुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । प्रधानमन्त्री सहित मन्त्रीहरु समेत सहभागी सम्मेलनमा स्वदेश तथा विदेशका गरी ४ सय ५० भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए ।

उत्कृष्ट निर्माण कम्पनीहरूलाई अवार्ड

इफाप्का सम्मेलनको समापन सत्रमा इफाप्का अध्यक्ष रवि सिंह र महासचिव विरेन्द्रराज पाण्डेले नेपालका उत्कृष्ट निर्माण कम्पनीहरूलाई सम्मान गर्नु भएको छ । जस अन्तर्गत सिभिल इन्जिनियरिङ विधामा कालिका कन्स्ट्रक्शनले गोल्ड अवार्ड जितेको छ । यसै विधामा सिल्भर अवार्ड जय विष्णु निर्माण सेवाले हात पारेको छ । बिल्डिङ कन्स्ट्रक्शन विधामा समानान्तर निर्माण सेवाले गोल्ड अवार्ड जितेको छ । सिल्भर अवार्ड न्यू टेक्निकल इन्फ्राले हात पारेको छ ।

पाँचदेखि दशौं पटकसम्म इफाप्का सम्मेलनमा सहभागी सम्मानित

शुक्रवार नै आयोजित कार्यक्रममा दशौं पटकसम्म इफाप्का सम्मेलनमा सहभागी हुनु भएका पूर्व इफाप्का अध्यक्ष गणेशलाल श्रेष्ठ र इफाप्काका महासचिव विरेन्द्रराज पाण्डेलाई इफाप्का अध्यक्ष रवि सिंहले सम्मान गरे । पाँचौ पटकसम्म इफाप्का सम्मेलनमा सहभागी महासंघका मानार्थ सदस्य तथा पूर्व अध्यक्ष जीप छिरिङि लामा शेर्पा, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल, कार्य समिति सदस्य उज्वल गौतम, इफाप्का बोर्ड मेम्बर सुशीलकुमार श्रेष्ठ सहित निर्माण व्यवसायीहरू बसन्तबहादुर चन्द, भीमबहादुर पाल, झकबहादुर गुरुङ, नवराज श्रेष्ठ र मुनेश्वर चौधरीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

४७ औं इफाप्का सम्मेलन सिंगापुरमा

इफाप्का अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले शुक्रवार आफ्नो जिम्मेवारी सिंगापुरका केनेथ लुलाई हस्तान्तरण गरे । एक वर्ष अघिदेखि इफाप्का अध्यक्षको जिम्मेवारीमा रहेका अध्यक्ष सिंहले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सिंहको कार्यकालमा इफाप्का महासचिवको भूमिका विरेन्द्रराज पाण्डेले निर्वाह गरे । साथै नेपालका सुशीलकुमार श्रेष्ठ बोर्ड मेम्बरको भूमिकामा रहेका थिए ।  सिंगापुरका लुलाई इफाप्का अध्यक्षको रुपमा निवर्तमान अध्यक्ष सिंहले सपथ गराएसँगै ४७ औं इफाप्का सन् २०२५ को अप्रिलमा सिंगापुमा हुने भएको छ । नेपालले यस अघि सन् १९९९ मा ३० औं इफाप्का सम्मेलन आयोजना गरेको थियो ।


Read Previous

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो : उपप्रधानमन्त्री खड्का

Read Next

बेनी-गलेश्वर सडक खण्डमा कालोपत्र गर्न थालियो,पर्यटककाे आवत-जावत सहज हुने  

Leave a Reply

Your email address will not be published. Required fields are marked *