Nepal Purbadhar

भूकम्पले घर भत्काएका बाहेक अन्य ठाउँमा विद्युत् सुचारु


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुम पश्चिममा भूकम्पले घर भत्काएको ठाउँमा बाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ ।

भूकम्पका कारण पोल तथा लाइनहरुमा क्षति पुग्दा त्यस क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो । प्राधिकरणबाट खटिएको टोलीले लाइन तथा पोलहरुको मर्मतसम्भार गरी बिहान १० बजेपछि विद्युत् सुचारु गरेको हो ।

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय, सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालहरुको लाइन सुचारु गरिएको बताए ।

यादवले घरहरु भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिंदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गरे ।

उनले धेरै घर भत्किएको क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमित रुपमा आपूर्ति भइरहेको जानकारी दिए ।


Read Previous

१०६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता

Read Next

कास्की जिल्ला कारागारको विद्युत लाइन काटियो