Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालन बढ्दाे


त्रिवेणी (रुकुम पश्चिम) ।  आजभोलि गाउँगाउँमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । पछिल्लो समय रुकुम पश्चिमका अधिकांश गाउँमा विद्युतीय घट्टमा अन्न पिस्नेको सङ्ख्या बढ्न थालेको छ ।

जिल्लाको विभिन्न ठाउँमा विद्युत्को पहुँच पुगेपछि गाउँगाउँमा व्यक्तिगत तथा स्थानीय तहको लगानीमा विद्युतीय घट्ट सञ्चालनमा आएका छन् । बाँफिकोट गाउँपालिका–१० ले वडावासीको सहजताका लागि बयाल्या र फेरामा विद्युतीय घट्ट सञ्चालन गरिरहेको छ ।

स्थानीयलाई अन्न पिस्न घण्टौँ समय लाग्ने भएपछि वडा कार्यालयकोे आर्थिक सहयोगमा दुई स्थानमा घट्ट सञ्चालन गरिएको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए । उनका अनुसार वडाले कृषि कार्यक्रमअन्तर्गत फेरामा १ लाख ३५ हजार र बयाल्यामा २ लाख ३५ हजार रूपैयाँ लगानी गरी घट्ट सञ्चालन गरेको हो ।

‘घट्ट बनाउँदा वडावासीले पनि श्रमदान गरेका छन् । घट्टको रेखदेख गर्ने, विद्युत् प्रयोग भएबापत महसुल तिर्नेलगायत काम स्थानीयले गर्नेछन्’, वडाध्यक्ष चन्दले भने, ‘स्थानीयले घट्टमा निःशुल्क अन्न पिस्न पाउनेछन् ।’ उनका अनुसार घट्ट सञ्चालनमा आएपछि बयाल्या टोलका २० घरपरिवारलाई चार घण्टा हिँडेर अन्न पिस्न जानुपर्ने बाध्यता हटेको छ ।

त्रिवेणी–२ छिन्छरेमा पानी घट्ट सञ्चालन गर्दै आउनुभएका खड्कबहादुर बुढाथोकीलाई विद्युतीय घट्ट गाउँमा सञ्चालन भएपछि पहिले जस्तो अन्न पिस्न चाप छैन् । ‘पहिले अन्न पिस्न आउनेको सङ्ख्या धेरै हुन्थ्यो । दुई/तीन दिनसम्म पालो कुर्नुपर्थोे । आजभोलि त्यस्तो चाप छैन्’, उनले भने, ‘पहिले दिनमा ४५ पाथी अन्न पिस्थे । पिसेको भाडाबापत लिएको पीठो घरपरिवारले खाएर बच्ने गर्थो । आजभोलि त कहिले घट्ट खाली हुन्छ, कहिले दुई/तीन जना आउँछन् ।’

त्रिवेणी–२ की ७० वर्षीया मनकली ओलीले गाउँमै विद्युतीय घट्ट सञ्चालनमा आएपछि सहजताको लागि अन्न पिस्न विद्युतीय घट्ट जाने गरेको सुनाइन् । ‘पहिले घरमै अन्न जातोमा पिसेर खाने चलन थियो । विस्तारै पानी घट्टमा पिस्ने चलन आयो । अहिले त टोलमै विद्युतीय घट्ट सञ्चालनमा आइसक्यो’, उनले भनिन्। यसबाट समयको बचत हुनुका साथै सहज भएको उनको भनाइ थियो ।


Read Previous

यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब नेपालमा लगानी गर्न तयार, ऊर्जामा लगानी गर्न बेलायती लगानीकर्तालाई इप्पानको आग्रह

Read Next

सेती नदीकाे प्रवर्द्धक भिजन लुम्बिनीद्वारा सर्वसाधारणका लागि सेयर निष्कासन   

Leave a Reply

Your email address will not be published. Required fields are marked *