Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

 जलविद्युतमा लगानी भित्र्याउने उद्देश्यसहित बेलायतमा लगानी सम्मेलन 


काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउने मुख्य उद्देशयसहित बेलायमा लगानी सम्मेलन आयोजना गरिएको छ । २१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धीको १०० वर्ष पूरा भएको अवसर समेत पारेर लगानी सम्मेलन आयोजना गरिएको नेपाली राजदूताबास बेलायतले जनाएको छ ।

विशेष गरी बेलायतबाट नेपालमा जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रहरुमा लगानी भित्र्याउने उद्देश्यले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिश इन्टरनेश्नल इन्भेष्टमेन्ट समेतको सहयोगमा लगानी सम्मेलनको आयोजना गरिएको हो ।

सिटी अफ लण्डनको मेनसिन हाउसमा अक्टोबर ३१ (कात्तिक १४ गते मंगलवार) हुने लगानी सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी छन् ।

नेपाली दुतावासको निमन्त्रणामा बेलायत पुगेको इप्पान प्रतिनिधि मण्डलले नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानीको सम्भावना र व्यवसायीक वातावरणका विषयमा प्रस्तुतीकरण दिने कार्यक्रम छ ।

उक्त सम्मेलनमा बेलायतको निजी क्षेत्रका लगानीकर्ताहरु, सम्बन्धित सरकारी निकायहरु एवं संस्थागत वित्तीय श्रोतहरु उपलब्ध गराउने संस्थाहरुलाई समेत निमन्त्रणा गरिएको छ ।


Read Previous

दसैं बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे, सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

Read Next

उपत्यकामा ट्राफिक कारबाही तीव्र, पछिल्लो २४ घण्टामा १ हजार ५२७ चालक कारबाहीमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *