Nepal Purbadhar

द्रुत बस सेवा रोकिदैन, तिहारलगतै पूर्ण क्षमतामा चलाउँछौ–पूर्वाधार मन्त्री


काठमाडौं । संविधान दिवसदेखि सञ्चालनमा आएको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा पूर्णरुपमा सञ्चालन गर्न हाललाई रोकिएको छ । प्राविधिक र व्यवस्थापकीय पक्षमा देखिएका समस्याको हल गर्दै तिहार विदा सकिएलगतै पुन सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका छन् ।

‘दशैदेखि तिहारसम्म राजधानीका सडकहरुमा जाम हुँदैन, यही बेला प्राविधिक र ब्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको हो’ मन्त्री ज्वालाले भने ‘तिहारको विदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुनेछ ।’

दशैदेखि तिहारसम्म जाम नहुने समयमा द्रुत बस सेवा रोकिएपछि सामाजिक सञ्चाल र केही मिडियामा चर्चा गरिएको छ । ‘तर द्रुत बस सेवा रोकिएको होइन, अहिले २५ वटा मात्र द्रुत बस चलेका थिए, त्यो संख्या बढाएर लैजानेगरी तयारी थालिएको छ’ मन्त्री ज्वालाले भने ।

असोज ३ देखिदेखि द्रुत बस पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गरिएको थियो । अब पूर्णरुपमा सञ्चालन गर्न लागिएको छ । रत्नपार्कदेखि धेरै सार्वजनिक बसहरु द्रुत लेनबाट सूर्यविनायक पुग्नेछन् । द्रुत बसको सर्भिस लेन पनि पूर्णरुपमा प्रयोगमा आउनेछ ।

विगत एक महिनामा द्रुत बस सञ्चालनको अनुभव यातायात व्यवस्था विभाग, बाग्मती प्रदेश सरकार र यातायात व्यवसायीले लिएका छन् । देखिएका समस्याहरु हल गर्ने गरी मन्त्री ज्वालाले विभागका महानिर्देशकको नेतृत्वमा समिति पनि गठन गरेका थिए ।

‘द्रुत बसको लेनमा अब डोरी लगाइनेछ भने २५ वटा मात्र हैन त्यो रुटमा चल्ने लगभग धेरै सार्वजनिक सवारीहरु गुड्नेछन्’ यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले भने ।

रत्नपार्क–सूर्यविनायक चल्ने सवै सार्वजनिक बसहरु द्रुत लेनमा गएपछि वाँकी सडक लेन पनि खुल्ला हुनेछ । राजधानी काठमाडौंको जाम कम गर्ने, सवारी साधनविहीन ‘भुई मान्छे’लाई सार्वजनिक सवारी साधनमा आकर्षण गर्ने उदेश्यले द्रुत बस सेवा सञ्चालन गरिएको हो ।

Facebook Comments

Read Previous

नेपालका करिब ६० प्रतिशत घर एकतले, ६२ प्रतिशत परिवारको कुनै एक सदस्यसँग बैंक खाता

Read Next

दसैं बिदामा २० हजार बढी पर्यटकले निकुञ्ज घुमे, सौराहामा ९० प्रतिशत विदेशी पर्यटक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar