Nepal Purbadhar

भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण


काठमाडौं । वि. सं. २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको छ । पुरातत्व विभागले बताएअनुसार भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्‍याएको थियो । हाल ५० सम्पदा पुनःनिर्माण भइरहेको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई बताए ।

चालु आर्थिक वर्षमा ३० सम्पदाको पुनःनिर्माण सुरु गर्न बजेट विनियोजन भएको उनले बताए । भूकम्पले एक सय वर्षभन्दा पुराना दुई सय १५ गुम्बामा क्षति पुर्‍याएका थिए । तीमध्ये २५ वटाको पुनःनिर्माण भइरहेको उनको भनाई छ । बाँकीको पुनःनिर्माणका लागि पहल भइरहेको विभागले जनाएको छ ।

सम्पदा पुनःनिर्माणका लागि काठ, इट्टालगायत निर्माण सामग्री नपाइने समस्याका कारण काममा ढिलाइ भएको बताइएको छ । वि. सं. २०७६ चैत ११ पछि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका समयमा गरिएको बन्दाबन्दी, खरिद प्रक्रिया लामो हुनु, बजेट पर्याप्त नआउँनुलगायत कारणले पनि काममा ढिलाइ हुने गरेको विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भने ।


Read Previous

पर्यटक तान्न जङ्गलमा कृत्रिम ताल

Read Next

अपर तामाकोशीको हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम संकलन