Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

प्रसारण लाइन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको छः ऊर्जामन्त्री बस्नेत


काठमाडौं । बाँकेको नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय र प्रभावकारी विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको एक प्रसारण लाइनको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज एक समारोहका बीच नेपालगञ्जमा सो सवस्टेशनको शिलान्यास गरेका हुन् । सो प्रसारण लाइनको क्षमता एक सय ३२ किलोभोल्ट रहेको छ । यस्तै, ३३ केभी क्षमताको सवस्टेसनको पनि आजै शिलान्यास भएको छ ।

सो आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपालगञ्ज तथा आसपासका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत् आपूर्ति गर्ने लक्ष्य राखिएको सो प्रसारण लाइनको निर्माणपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा थप सहजता पैदा हुने आयोजना प्रमुख रञ्जनराज गुरुङले जानकारी दिए । सो अवसरमा बस्नेतले आन्तरिकरूपमा बिजुलीको खपत बढाउन सरकार लागिपरेको बताए । सोही उद्देश्य परिपूर्तिका लागि प्रसारण लाइनको निर्माण तथा सवस्टेसन निर्माणमा सरकारले अभियान नै चलाएको पनि उनले बताएका छन् ।

बढी भएको बिजुली मात्रै निकासी गरिने उनको भनाई छ । कूल १० किलोमिटर लामो सो प्रसारण लाइन निर्माणपछि नेपाल र भारतबीच विद्युत व्यापारमा समेत नयाँ ढोका खुल्नेछ । कूल दुई सय मेगावाट बराबरको बिजुली प्रवाह गर्न सकिने सो प्रसारण लाइनको निर्माणपछि भारतको नानपाराबाट बाँकेको नेपालगञ्जमा जोडिएको पुरानो लाइन विस्थापित हुनेछ । कम क्षमताको सो प्रसारण लाइनका कारण विद्युत् आपूर्तिमा कठिनाइ हुँदै आएको छ ।

प्रसारण लाइनको निर्माणपछि बाँके र आसपासका क्षेत्रमा औद्योगिक विकास, खानेपानी, सिँचाइ तथा अन्य पूर्वाधार विकासमा टेवा पुग्ने आयोजना प्रमुख गुरुङको भनाइ छ । यस्तै, विद्युत् खरिद बिक्रीमा सहजता तथा आय आर्जनमा वृद्धि हुनेछ । निरन्तर विद्युत् आपूर्ति, राष्ट्रिय ग्रिड सुदृढीकरण, जनगुनासोमा कमी आउने आयोजनाले विश्वास लिएको छ । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिल्वाललगायतको उपस्थिति थियो ।


Read Previous

रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल गर्छु: सभामुख घिमिरे

Read Next

अढाइ वर्षदेखि थन्कियो कञ्चनरपुर भन्सारको एक्सरे मेसिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *