Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

अब विद्युत्को समस्या हुँदैन: मन्त्री बस्नेत


बाँके । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज नेपालगञ्जका उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने उनले बताए ।

“यहाँको विद्युत् समस्या समाधानका लागि नेपालगञ्ज–कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आजबाट सुरू हुँदैछ”, बस्नेतले भने, “आयोजनाको निर्माण पूरा भएपछि बाँकेको विद्युत् समस्या समाधान हुनेछ ।” आयोजनाको निर्माणपछि ‘लो भोल्टेज’ र जथाभावी विद्युत् जाने समस्या समाधान हुनुका साथै उद्योग पनि पूर्णरुपमा सञ्चालनमा आउने विश्वास उनले व्यक्त गरे । नेपालगञ्जमा अहिले लो भोल्टेज र जथाभावी विद्युत् जाने समस्याले उद्योगी व्यवसायी निकै समस्यामा परेका छन् । उद्योगीमा देखापरेको विद्युत् समस्या हल हुने गरी यो आयोजना सुरू हुन लागेको मन्त्री बस्नेतले उल्लेख गरे ।

सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगञ्जको विद्युत् समस्या समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिए । आयोजना सुरु हुने तर वर्षौसम्म अलपत्र पारेर समस्या समाधानमा अवरोध हुँदै आएकाले यसतर्फ उनले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराए । पछिल्लो समय बाँकेमा उद्योग, कलकारखाना खुल्ने क्रम बढे पनि विद्युतगायत पूर्वाधार नबन्दा सञ्चालनमा कठिनाइ भइरहेकाले स्थानीय उद्योगी व्यवसायी समस्यामा परेको पनि उलने उल्लेख गरे ।


Read Previous

पिल्लरमै अल्झियो दूधखोलाको मोटरेवल पुल

Read Next

पोखरालाई पर्यटकीय राजधानी बनाउने बहस कहिलेसम्म ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *