Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

धवलागिरिमा आरोही आउन थाले


म्याग्दी । म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहण गर्न पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका हुन् ।

शरद्कालीन याममा आठ के ट्रेक्सबाट हिमाल चढ्ने अनुमति लिएका तीनजना आरोही र सहयोगीहरु धैलागिरि आधार शिविर पुगेका उनीहरुको सामान पुर्याएर फर्केका म्याग्दी दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । “आरोहीहरु हेलिकप्टरबाट गएका थिए,” उनले भने, “हामीले मुस्ताङको मार्फाबाट एक सय पाँचवटा खच्चरमा आरोहण टोलीको सामान बेस क्याम्प पुर्याएर फर्कियौँ ।” इलाइट र सेभेन समिट ट्रेकबाट  पनि शरदयाममा थप आरोहीहरु धवलागिरिमा आउन लागेका आरोहीको व्यवस्थापन गर्दै आएका शेरचनको भनाई छ ।

पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि हालसम्म एउटा समूहका १० जनाले अनुमति लिएका छन् । पाँच/पाँच पुरुष र महिला आरोहीले रु ११ लाख ९२ हजार ५० राजस्व तिरेका विभागले वेबसाइटमा सार्वजनिक गरेको छ । विभागका अनुसार चालु यामका लागि नेपालका दश वटा हिमाल आरोहण गर्न ४७ देशका ३५ वटा समूहमा तीन सय ३९ जनाले अनुमति लिएका छन् । उनिहरुबाट रु तीन करोड ६४ लाख ९९ हजार पाँच सय ७७ आरोहण शूल्क सङ्कलन भएको छ ।

गत याममा चारवटा समूहका १२ महिलासहित ३७ जनाले धवलागिरि हिमाल आरोहण गर्दा ८६ लाख २४ हजार तीन सय ३० रुपैयाँ शुल्क सङ्कलन भएको थियो । वसन्तयाममा म्याग्दीमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँचवटा समूहका ५४ जनाले एक करोड चार लाख २६ हजार चार सय १० रुपैयाँ शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ । शरदयामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका छैनन् ।

वसन्तयाममा नेपालका २८ वटा हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले ७६ करोड ५७ लाख ५८ हजार तीन रुपैयाँ शुल्क तिरेका विभागले जनाएको छ । शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ ।


Read Previous

आकर्षणको केन्द्र बन्दै ताल झरना

Read Next

चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *