Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सहजपुर–बोगटान सडक अन्तिम चरणमा


कैलाली । सहजपुर–बोगटान सडक कालोपत्र गर्न सुरु भएको पाँच वर्ष बितिसक्दा पनि निर्माण पूरा हुनसकेको छैन । निर्माणाधीन सहजपुर–बोगटान सडकको भौतक प्रगति ९२ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । क्षेत्राधिकारको विवाद र चट्टानका कारण सडक निर्माण लम्बिएको आयोजना ठेकेदार कम्पनीका इन्जिनियर अशोक मल्लले बताए । उनले सडक निर्माणका लागि विभिन्न बाधा व्यवधानका कारण लम्बिँदै गएको जानकारी दिए ।

विसं २०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बढीकेदारसम्म ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । तर सम्झौताको पाँच वर्षसम्म पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन । एक वर्षभित्र सडक निर्माणको सबै काम पूरा गर्ने निर्माण कम्पनीको दाबी छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेभीसँग सम्झौता गरिएको थियो ।

सम्झौतानुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँ–बायाँ एक–एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नुपर्ने हो । तर निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाइएको छ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो सडक आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ । वि. सं. २०४३ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्रयाक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको विपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुुडा, तिखात्तर, वासुदेवी, वायल, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ ।


Read Previous

बेगखोलाको मोटरेबल पुल सञ्चालनमा

Read Next

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *