Nepal Purbadhar

व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह


काठमाडौँ । संस्कृति र परम्परा झल्कने गरी व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह गर्दै विद्यमान कानुन र नीतिविपरीत संरचना बनाउनेलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका सांसद गणेश पराजुलीले माग गरेका छन् ।

सरकारी आयोजना र निकायले नै मापदण्डलाई पालना नगरी नदी कटानसमेत गरी संरचना निर्माण गरिँदा कारवाही नहुने तर सर्वसाधारण जनताले कमजोरी गरेमा डोजर लगाएर भत्काइने शैली उचित नभएको पनि उनले बताए । गणतन्त्र आएपछि एउटा पनि सरकारी अस्पताल नबनेकाले स्वास्थ्य सेवा सहज नभएको टिप्पणी राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले गरे ।


Read Previous

हुम्लामा आइपुग्यो एम्बुलेन्स

Read Next

चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी