Nepal Purbadhar

हुम्लामा आइपुग्यो एम्बुलेन्स


काठमाडौं । भारत सरकारले एक वर्ष अगाडि सहयोग गरेको एम्बुलेन्स जिल्ला अस्पताल हुम्लामा पुगेको छ । उक्त एम्बुलेन्स भारत सरकारले जिल्ला अस्पताललाई अनुदानमा उपलब्ध गराएको हो । काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सदरमुकाममा रहेको जिल्ला अस्पतालमा सो एम्बुलेन्स ल्याइएको थियो । एम्बुलेन्स आइपुगेपछि स्थानीयवासी खुसी भएका छन् ।

अब सेवाग्राहीले पैदल तथा डोको पिठ्युँ, स्टेचरमा बोकेर उपचारका लागि अस्पतालसम्म पु¥याउनुपर्ने दिन हटेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीले बताए । नेपाली कांग्रेसका पूर्वजिल्लासभापति जयपति रोकायाले काठमाडौँबाट सिमकोटसम्म एम्बुलेन्स ल्याउन पहल गरेका थिए । एम्बुलेन्स जिल्ला अस्पतालसम्म आइपुग्न सात लाख रुपैयाँ ढुवानी खर्च लागेको थियो ।


Read Previous

हुम्लाको सिमकोटमा अक्सिजन उत्पादन केन्द्र

Read Next

व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह