Nepal Purbadhar

पुुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति


म्याग्दी । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पर्यटकीयस्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताएका छन् । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दासँग बिहीबार भएको भेटघाटका क्रममा उनले भने “कास्कीको पर्यटकीयस्थल घान्द्रुक जोड्ने सडक स्तरोन्नति गर्न चालुु आर्थिक वर्षमा बहुवर्षीय ठेक्का लाग्ने गरी चार करोड रुपैयाँ बजेट व्यवस्थापन भएको छ । ”

उनका अनुसार पोखरेबगरदेखि चित्रे जोड्ने सडक सङ्घीय सरकारबाट स्तरोन्नतिको क्रममा छ । चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न चालु आवमा रु तीस लाख विनियोजन भएको छ भने आगामी वर्ष बहुवर्षीय ठेक्का लगाउने गरी बजेट व्यवस्थापन गरिएको छ । पुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति गरी पर्यटकीयस्थलको यात्रालाई सुरक्षित र सहज बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको मन्त्री जुग्जालीले घोडेपानीसम्म सडक कालोपत्र गर्ने जानकारी दिए ।

सहरी विकास मन्त्रालयमार्फत सञ्चालित पोखरेबगर–चित्रे सडक आयोजनालाई पूर्णता दिन र हलेखर्क खण्डमा पहिरोका कारण जोखिमयुक्त बनेको सडकलाई मर्मत गर्न सम्बद्ध कार्यालय तथा मन्त्रालयमा समन्वय गर्ने मन्त्री जुग्जालीले बताए । घोडेपानीका बासिन्दा भीम गर्बुजाले घोडेपानी हुँदै कास्कीको उल्लेरी जोड्ने सडकको मार्ग जोेड्न सकेमा पोखरा–जोमसोम सडकको कास्की नयाँपुलदेखि म्याग्दी पोखरेबगर खण्डको वैकल्पिक र छोटो सडक हुने उनको भनाई छ ।

घोडेपानी आमा समूहका पदाधीकारीले सङ्ग्रहालयको भवन निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । मन्त्री जुग्जालीले म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिका जोड्ने सडक निर्माणका लागि चालु आवमै बजेट व्यवस्थापन भएको र आमा समूहको सङ्ग्रहालय भवनका लागि सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाए ।

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–८ नागीका बासिन्दा र जनप्रतिनिधिको अनुुरोधमा पूर्वाधार विकास कार्यालय पर्वतमार्फत फलामेडाँडादेखि नागी जोड्ने सडक मर्मत गरेर यसपालिको जनैपूर्णिमा पर्वमा नागीबाराही तालमा जनैपूर्णिमा मेलामा आउने भक्तजनलाई सहजरुपमा आवतजावत गर्ने व्यवस्था मिलाएको मन्त्री जुग्जालीले भनेका छन् ।


Read Previous

स्तरोन्नति पर्खिरहेको सहिदमार्ग

Read Next

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar