Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

शौचालय नभएपछि सेवा सुविधा रोक्का


कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले शौचालय नबनाउने वडाध्यक्षसहित कर्मचारीको सेवा सुविधा रोक्का गरेको छ । खानेपानी तथा सरसफाइ कार्यविधि, २०७६ बमोजिम वडा नं १ अध्यक्ष इन्नर चौधरीसहित कर्मचारी शिक्षकको सेवा सुविधा रोक्का गर्न सिफारिस गरिएको हो । खानेपानी तथा सरसफाइ कार्यक्रमका वास संयोजक अर्जुन बेल्वासेसहितको टोलीले जनप्रतिनिधि र कर्मचारीको घरमा शौचालय भए/नभएको निरीक्षण गरेको थियो ।

निरीक्षणमा वडाध्यक्ष इन्नरको घरमा शौचालय नभएको पाइएको छ । वडा नम्बर ७ बडसुडका जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ । वडा नम्बर १ गुगौलीका गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन सङ्गम खटिक, वडा नम्बर १ गुगौलीकै गाउँपालिका–६ बद्धौर आधारभूत स्वास्थ्यचौकीका कार्यालय सहयोगी राजेश कोरीको घरमा शौचालय छैन ।

वडा नम्बर २ महुवादुधारका वडासदस्य सोमइ केवट, वडा नम्बर २ पडरियाका पशु विकास शाखाका कार्यालय सहयोगी हेमराज तेलीले खुला ठाउँमा शौच गर्ने गरेका छन् । वडा नम्बर २ बगहियाका गुगौली स्वास्थ्यचौकी कार्यालय सहयोगी त्रिभुवन भरले शौचालय निर्माण गरेको तर ढोका नलगाइएको फोहर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ ।

शौचालय नभएका जन–प्रतिनिधि, कर्मचारी र शिक्षकको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्का गर्न गाउँपालिकालाई सिफारिस गरिएको वास संयोजक बेल्वासेले बताए । गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो ।


Read Previous

चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने कुरा उठाइने

Read Next

इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो प्रसारण लाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *