Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

कोहलपुर-सुर्खेत प्रसारण लाइन ७० प्रतिशत पूरा, सञ्चालनमा आउन ८ महिना अझै लाग्ने


काठमाडौं । नेपाल विद्युत प्राधिरकणले निर्माण गरिरहेको १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइनको करिब ७० प्रतिशत निर्माण सम्पन्न भएको छ । कर्णाली प्रदेशको प्रसारण तथा वितरण प्रणाली सुधार गर्ने उद्देश्यले निर्माण भइरहेको प्रसारण लाइनको यति काम सम्पन्न भएको हो ।

अहिले बर्दिया राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा पर्ने बाहेकका स्थानमा धमाधम काम भइरहेको आयोजना प्रमुख रवीकुमार चौधरीले बताए । उनका अनुसार वन क्षेत्रको काम सुरु गर्ने स्वीकृति मिलिसकेकाले बर्खा सकिएपछि थालिने भएको छ ।

उनले सुर्खेततर्फबाट प्रसारण लाइनको तार तान्ने काम भइरहेको जानकारी दिए । ‘विविध समस्या झेल्दै प्रसारण लाइनको काम अन्तिम चरणमा पुर्याउन लागेका छौं,’ उनले भने,‘संरचना निर्माणका लागि सबै उपकरण आयात भइसकेकाले वन क्षेत्रमा पनि बर्खा सकिए लगत्तै काम सुरु गर्ने योजना छ ।’

बाँकेको कोहलपुरदेखि सुर्खेतसम्म ५२ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । बाँकेमा स्थानीयले गरेको अवरोध भने अहिलेसम्म हट्न सकेको छैन । स्थानीय अवरोध हटाउनका लागि विभिन्न चरणको छलफल गरिरहेको चौधरीले बताए ।

बाँकेको बैजथान गाउँपालिकाका स्थानीयले प्रसारण लाइनको रुट सार्न माग गर्दै टावर निर्माणमा अवरोध गर्दै आएका छन् । स्थानीय अवरोधका कारण डेढ वर्षदेखि प्रसारण लाइनको टावर निर्माण गर्न सकिएको छैन ।

प्राधिकरणले ठेक्का सम्झौता गरी २०७७ सालदेखि प्रसारण लाइन निर्माणको काम सुरु गरेको थियो । कोभिड–१९ महामारीको समस्या, स्थानीय अवरोध र वन क्षेत्रको स्वीकृति लिन समय लागेकाले काम लक्ष्यभन्दा केही ढिलो चलिरहेको चौधरीले बताए ।

यो प्रसारण लाइन अबको ८ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने प्राधिकरणको योजना छ । यसअघि कर्णाली प्रदेशमा ३३ केभी प्रसारण संरचना मात्रै रहेकोमा यो सम्पन्न हुँदा १३२ केभीको प्रसारण संरचना तयार हुने प्राधिरकणले जनाएको छ ।

प्रसारण लाइन निर्माण सम्पन्न गर्न ६९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । प्रसारण लाइनको रुटमा १६० वटा टावर निर्माण हुँदैछन् । यो प्रसारण लाइन आयोजना निर्माण गर्न २०४५ सालमा नै योजना बनेको भए पनि करिब ३२ वर्षपछि मात्रै काम अघि बढेको छ ।

सुर्खेत-दैलेख प्रसारण लाइनको डिजाइन तयार हुँदै

कर्णाली प्रदेशको विद्युतीकरण विस्तारका लागि प्रस्तावित १३२ केभी सुर्खेत–दैलेख प्रसारण लाइनको डिजाइन तयार भइरहेको छ । ठेक्का सम्झौतापछि ठेकेदार कम्पनीले प्रसारण लाइनको डिजाइन निर्माणको काम गरिरहेको चौधरीले बताए ।

प्रसारण लाइन निर्माणको ठेक्का पाएको एमएसपिएल–सिग्मा जेभीले डिजाइनको काम गरिरहेको छ । यो प्रसारण लाइन अबको २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । ३२ किलोमिटर प्रसारण लाइन निर्माण गर्न ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।


Read Previous

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

Read Next

पहिरोले कान्तिलोक पथ अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *