Nepal Purbadhar

भारतले रच्यो इतिहास, चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरण


काठमाडौं । भारतको चन्द्रयान–३ ले चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेको छ । चन्द्रयान–३ को चन्द्रमामा सफल अवतरणचन्द्रमाको सतहमा यो नै भारतको पहिलो नियन्त्रित अवतरण हो। यो सफलतासँगै भारतले इतिहास रचेको छ ।

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ। चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्केर अनुसन्धान गर्न र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ।

चन्द्रयान–३ को मुख्य उद्देश्य चन्द्रमामा बरफको खोजी रहेको छ । पानीको स्रोतकारूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरू बताउँछन्। अगस्टको सुरुतिर चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै त्यसमा रहेको ल्यान्डर विक्रमले चन्द्रमाको सतहका तस्बिरहरू पठाइरहेको छ।

चन्द्रयान–३ को सफल अवतरणसँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ। यसअघि अमेरिका, तात्कालिक सोभियत सङ्घ र चीन सबैले ‘इक्वेटर’ पनि भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए। एजेन्सी

Facebook Comments

Read Previous

प्रतिकूल मौसमले हवाई उडानमा समस्या

Read Next

अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar