Nepal Purbadhar

पन्ध्र वर्षदेखि खानेपानी आयोजना अलपत्र


बाँके । जिल्लामा १५ वर्षदेखिका विभिन्न खानेपानी आयोजना अलपत्र परेका छन् । बजेट तथा जनशक्तिको अभाव, वैकल्पिक खानेपानीको व्यवस्थालगायत कारणले यहाँका खानेपानी आयोजना अलपत्र परेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगञ्जले बताएको हो ।

वैकल्पिक खानेपानीको उपलब्धता भएकाले उपभोक्ता सचेत नहुँदा जयसपुर, बनकटुवा, राधापुरलगायतका खानेपानी आयोजना अलपत्र परेका कार्यालयका प्रमुख तिलक न्यौपानेले बताए। “खानेपानीका सबै संरचना तयार छन्, पानी वितरणका लागि पाइप विछ्याउन सकिएको छैन ।” उनले भने ।

गत आवमा जयसपुर खानेपानी आयोजनाअन्तर्गत करिब दुई किलोमिटर मात्रै पाइप विछ्याइएको जानकारी दिँदै पुरानो पाइप जीर्ण भएर पानी चुहावट हुन थालेपछि मर्मत गरी समस्या समाधान गरिएको न्यौपानेले बताए । उक्त खानेपानी आयोजनामार्फत नेपाल–भारत सीमा क्षेत्रसम्म पानी पुर्‍याउने योजना रहेको अनि अहिलेसम्म ४६ खानेपानीका धारा जडान गरिएको बताइएको छ । रासस


Read Previous

म्याग्दीको धारापानीमा ‘एक घर, एक धारा’

Read Next

पुल नहुँदा विद्यालय र स्वास्थ्यचौकी जान फड्केको प्रयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar