Nepal Purbadhar

एमसीसी अनुदानको प्रसारण लाइनको रातमाटे-दमौली र दमौली-बुटवल खण्डमा अधिग्रहण हुने जग्गाको मुआब्जा दावी पेश गर्न आग्रह


काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदानमा निर्माण हुने ४०० केभी प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी पेश गर्न आग्रह गरेको छ । आइतबार सूचना सार्वजनिक गरी प्रसारण लाइनको रातमाटे-दमौली र दमौली-बुटवल खण्ड पर्ने चितवन र धादिङको वेनिघाट रोड गाउँपालिकाको वडा नम्बर १० एवं नवलपरासी जिल्लामा अधिग्रहण गरिने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी पेश गर्न सम्बन्धित जग्गा धनीलाई आग्रह गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमस्एि–नेपाल) ले कार्यान्यन गरिरहेको एमसीसी अनुदानको प्रसारण लाइन परियोजनाको टावर निर्माण गर्न इच्छाकामना गाउँपालिकामा अधिग्रहण गर्नु पर्ने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी पेश गर्न सम्बन्धित जग्गा धनीलाई भनेका हुन् ।

जग्गा दाता स्थानीय जग्गा धनीले आफ्ना घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत प्रसारण लाइनको टावर निर्माण हुने जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी गर्नुपर्ने सूचनामा भनिएको छ ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ को उपदफा १ को प्रयोजन र जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी गर्न आ–आफ्नो हकमा रहेको वा भोगचलन गर्दै आएको जग्गाको मुआब्जा तथा क्षतिपूर्ति दावी गर्न अबको २१ दिनभित्र आवेदन दिइसक्नु पर्ने सूचनामा उल्लेख छ ।
सूचना जारी भएको मितिदेखि नै अधिग्रहन हुने जग्गा रोक्का रहने हुँदा अधिग्रहण हुने जग्गमा कुनै संरचना थप नगर्न पनि भनिएको छ ।

१० जिल्ला छोएर जाने प्रसारण लाइनका यी रुटमा संरचना निर्माण गर्न चितवनको इच्छाकामना गाउँपालिमा र धादिङको वेनिघाट रोड गाउँपालिकाको वडा नम्बर १० तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेशी गाउँपालिकामा जग्गा अधिग्रहण हुनेछ ।

जग्गा धनीले टावर निर्माण हुने जग्गाको मुआब्जा तथा घरटहरा, गोठ, रुख विरुवा एवं प्रसारण लाइनको तार मुनिको जग्गाको क्षतिपूर्ति पाउने छन् ।


Read Previous

ढोरपाटन नगरपालिकाका छ्यान्तुङ र लामखोरिया गाउँमा सोलार बत्तीकाे उज्यालाे

Read Next

ऊर्जा दक्षतायुक्त र वातावरणमैत्री घर निर्माणमा विज्ञकाे जोड