काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयअनुसार पेट्रोलिम पदार्थबाट चल्ने विद्युतीय ट्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकहरुलाई आग्रह गरेका छन् ।
मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेका ट्याक्सी व्यवसायीलाई सरकार इलेक्ट्रिक भेहिकल (इभी) मा जाने गरी कानुन निर्माणको तयारीमा रहेकोले समयअनुसार चल्ने तयारी गर्न आग्रह गरे । ‘इलेक्ट्रिक भेहिकल तिर जानेगरी कानुन निर्माणको तयारीमा छौ, तपाईहरुले पनि त्यही प्रकारको यात्रा थाल्न म आग्रह गर्दछु’ मन्त्री ज्वालाले भने ।
ट्याक्सी व्यवसायीले इम्बाेस्ड नम्वर देवनागरिक लिपीमा हुनुपर्ने, एसइई सकेका सवै विद्यार्थीलाई लाइसेन्स दिनेगरी तालिमको व्यवस्था गर्नुपर्ने, लामो दूरीमा विरामी लिन जाँदा अस्थायी रोड परमिट दिनुपर्ने जस्ता मागहरु राखेका थिए ।
काठमाडौं उपत्यकामा मात्र १२ हजार ३ सय ट्याक्सीहरु सञ्चालनमा छन् । इन्धनबाट चल्ने यी ट्याक्सीको संख्या घटाउने र विद्युतीय ट्याक्सीको संख्या बढाउँदै जानेमा व्यवसायीहरु पनि सकारात्मक रहेका छन् । मन्त्री ज्वालाले ट्याक्सी व्यवसायीको पहिचान खुल्नेगरी ड्रेसको व्यवस्था गर्न र अनलाइन सेवामा पनि जान आग्रह गरे ।