Nepal Purbadhar

स्वचालित प्रणाली लागु गरी पेट्राेलियम पदार्थकाे मूल्य बढाएर समायाेजन


काठमाडाैं ।   नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे छ । निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रेट्राेलियम पदार्थकाे मूल्य बढाएर समायाेजन गरेकाे हाे ।

निगमले पेट्राेलकाे मूल्य  एकै पटक लिटरमा ९ रुपैयाँ बढाएकाे छ । डिजेट र मट्टीतेलमा पनि ७ रुपैयाँ बढाएर समायाेजन गरीएकाे निगमले जनाएकाे छ ।

मूल्य समायाेजनपछि पहिलाे वर्गमा पेट्राेलकाे मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेकाे छ । दाेस्राे वर्गका ग्राहकमा  १७२ र तेस्राे वर्गमा १७३ रुपैयाँ पुगेकाे छ । यस्तै, डिजेल र मट्टीतेलकाे मूल्य १५० रुपैयाँ , दोस्रोमा  १५२ रुपैयाँ र तेस्रो वर्गमा १५३रुपैयाँ  कायम भएको छ ।

भारतले अगष्ट १ मा पेट्राेलियम पदार्थकाे मूल्य बढाएर पठाएका कारण स्वचालित मूल्य प्रणाली अन्तर्गत स्थानीय बजारमा पनि पेट्राेल, डिलेज र मट्टीतेलकाे मूल्य बढाएर समायाेजन गरिएकाे निगमले जनाएकाे छ ।

निगमले खाना पकाउने एलपी ग्यासकाे मूल्य भने  प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएर समायाेजन गरेकाे छ । मूल्य समायाेजनपछि ग्यासकाे मूल्य प्रतिसिलिण्डिर १६ सय ६० रुपैयाँ कायम भएकाे छ ।


Read Previous

निर्माण उपकरण प्रशासनद्वारा जफत, महासंघको आन्दोलनमा एफएनसीसीआईको ऐक्यवद्धता

Read Next

अलग्गै विद्युत ऐन ल्याउँदै कर्णाली प्रदेश, विधेयक सभामा टेबुल