Nepal Purbadhar

हाइड्रो कन्सल्टले हुम्ला कर्णाली-१ र २ को वातावरणीय अध्ययन गर्ने


काठमाडौं । नेपालको अग्रणी हाइड्रो कन्सल्ट इन्जिनियरिङले ५७० मेगावाटका २ जलविद्युत आयोजनाको वातावरणीय अध्ययन गर्ने भएको छ । हाइड्रो कन्सल्टले २३५ मेगावाटको हुम्ला कर्णाली–१ र ३३५ मेगावाटको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) अध्ययन गर्ने भएको हो ।

यी दुई आयोजनाको वातावरणीय अध्ययन गर्न हाइड्रो कन्सल्ट र प्रवर्द्धक कम्पनीबीच शुक्रबार सम्झौता भएको छ । दुवै आयोजनाको प्रवर्द्धक कर्णाली वाटर पावर प्रालिसँग सम्झौता भएको हाइड्रो कन्सल्टले जानकारी दिएकाे छ ।

हाइड्राे कन्सल्ट जलविद्युत सम्बन्धि अध्ययन गर्ने नेपालकाे अग्रणी परामर्शदाता कम्पनी हाे । याे कम्पनीले नेपालसहित पाकिस्तान, केन्या लगायत देशमा समेत पुगेर काम गरेकाे छ ।


Read Previous

सोलार बत्ती जडान

Read Next

प्रधानमन्त्रीसँग ऊर्जा विकास दशक घोषणा गर्न इप्पानको माग, माग गम्भिर र उचित रहेको प्रधानमन्त्रीको भनाइ