Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

‘उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?’


काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगङ्गा जलाशययुक्त परियोजनालाई बजेटमा नसमेटिएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग जिज्ञासा राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रस्तुत बजेटबाट उत्तरगङ्गा जलाशययुक्त परियोजना हराएकाले यसको खोजी गर्न अनुरोध गरे ।

‘सबैभन्दा सस्तो र भरपर्दो परियोजना भनेर विज्ञले भनेका छन् तर बजेटमा कहिले पनि पर्दैन, किन होला माननीय मन्त्री ज्यू ?’, बागलुङका सांसद पौडेलले प्रश्न गरे, ‘किन यो आयोजना बजेटमा परिरहेको छैन ?’

समयमै उक्त परियोजना निर्माण हुन नसक्दा सो क्षेत्रमा विमानस्थललगायत अन्य भौतिक पूर्वाधार बनाउन नसकिएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले यसप्रकारका परियोजनालाई अल्झाइ रहने विषयमा सचेत हुनुपर्ने बताए । सांसद पौडेलले कम लागतमा उच्च प्रतिफल दिने अन्य ओजनालाई पनि अगाडि बढाउन सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराए ।


Read Previous

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

Read Next

बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह

Leave a Reply

Your email address will not be published.