काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।कार्कीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति चयन भएको हो । अध्यक्ष कार्की लगायत पदाधिकारी तथा तीन महिना सदस्य निर्विरोध भएको कार्य समितिमा ७ सदस्यका लागि भने निर्वाचन भएको थियो ।
इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । उनी ३ वर्षपछि स्वतः अध्यक्ष हुनेछन् । त्यस्तै ५ जना उपाध्यक्षहरुमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य, र आनन्द चौधरी निर्वाचित भएका छन् । यसैगरी महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् । ५ जना सचिवहरुमामा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिम प्रसाद पाठक तथा कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्वाचित भएका छन् ।
१० जना सदस्य मध्ये ७ जना खुल्ला र ३ जना महिला सदस्य रहने व्यवस्था थियो । महिला सदस्य निर्विरोध निर्वाचित भएपनि ७ जना खुल्ला सदस्यमा भने १४ जना प्रतिस्पर्धामा थिए ।
सदस्यमा उत्तरकुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्ती प्रसाद पौडेल, भरतमणी नेपाल, विजय मोहन भट्टराई, टिएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन् । श्रेष्ठले सबैभन्दा धेरै २७३ मत पाउँदा बस्यालले २५४, नेपालले २२५, पराजुली र पौडेलले समान २१७, आचार्य २१६ र भट्टराई १९३ मत सहित विजयी भए । ३ जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन् ।
बिहीबार आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत चिरञ्जिवी खतिवडाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे । इप्पानको अध्यक्ष विजयी भएपछि अध्यक्ष कार्कीले इप्पानलाई सबै पक्षलाई समेटी अझ शसक्त रुपमा अघि बढाउने बताए ।