काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै परियोजनाको ठेक्का नौ महिनाभित्र नलागेमा स्रोत सहमति खारेज गर्ने बताएका छन् ।
सोमबार संसदमा सरकारको बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै महतले कार्तिक महिनाभित्र ठेक्का व्यवस्था गरिसक्नुपर्ने व्यवस्था गर्ने पनि उल्लेख गरे । उनले समानुकुल सार्वजनिक खरिद ऐनमा शंसोधन गरिने पनि जानकारी दिए ।