Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

आधुनिक विधि र उपकरणबाट च्याङग्राको भूवा संकलन तर्फ मनाङका च्याङग्रापालक किसान  


मनाङ । पश्मिनाका लागि चाहिने कच्चा पदार्थ च्याड्ग्राको भूवा संकलन वृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानहरूलाई च्याङ्ग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ। च्याङग्रापालनमा अग्रणीमध्येको मनाङ जिल्लामा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारेको ज्ञानबाट स्थानीय किसानहरूले च्याङग्राबाट निकाल्ने भूवाको मात्रा तथा गुणस्तरमा अभिवृद्धि हाेस् भन्ने उद्देश्यले प्रशिक्षण दिइएकाे हाे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको सहयोगमा संचालित इयु-नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना तथा मनाङको नार्पाभूमि गाउँपालिकाको स्थानीय संयोजनमा च्याङ्ग्रापालक किसानहरूका लागि भूवा संकलन सम्बन्धी अनुशिक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो ।

गत वर्ष इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक सहयोगमा मुस्ताङमा संचालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षित भएका नेपाली प्रशिक्षकद्धारा मनाङका किसानलाई भुवा संकलनको आधुनिक विधिबारे तालिम दिइएको हो । आइतबार मनाङको नारमा सम्पन्न उक्त तालिममा २१ जना च्याङग्रापालक किसानहरू सहभागी रहेको जनाइएको छ ।

तालिमका अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले च्याङग्राको भूवाबाट आर्थिक लाभ लिन सकिनेबारे धेरै किसानहरूमा अझै ज्ञानको अभाव भएको अवस्थामा यस किसिमको तालिमले आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारे जानकारी हुन गइ आगामी दिनमा नेपाली पश्मिनाका लागि चाहिने कच्चा पदार्थ भूवाको उत्पादन स्वदेशमा नै वृद्धि सकिने बताए ।

“ तालिमबाट स्थानीय किसानले च्याङग्राको भूवाबाट आर्थिक लाभ लिन सकिनेबारे जानकारीमात्र होइन भूवा झिक्ने कामलाई कसरी आधुनिक विधि र उपकरणबाट सहज बनाउन सकिन्छ भन्नेबारे बुझ्ने अवसर चाङ्ग्रा किसानले पाए । यस्ता तलिमले स्वदेशमै भूवा उत्पादनको मात्रा र गुणस्तर दुबै बढाउन सकिने देखिन्छ” कार्कीले भने । उक्त गाउँपालिकाका जनप्रतिनिधिहरूले च्याङग्रापालक किसानको क्षमता अभिवृद्धि मार्फत भूवा उत्पादन वृद्धिका लागि स्थानीय सरकार र अन्य सरोकारवाला निकायहरूबीच सहकार्यको आवश्यकता औंल्याएका थिए ।

तालिमको अवसरमा आधुनिक तरिकाले भूवा निकाल्नको लागि प्रयोग हुने २० थान काइँयो स्थानीय जनप्रतिनिधिहरूमार्फत किसानहरूलाई वितरण गरिएको थियो । सरकारले हालै सार्वजनिक गरेको पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीतिले पनि च्याङग्रा पालन प्रवर्द्धन मार्फत भूवा तथा तयारी पश्मिना उत्पादनलाई बढोत्तरी गर्दै सन् २०२६ सम्ममा नेपालबाट पश्चिमना निर्यात ७ करोड ५० लाख अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ । सन् २०२१ मा नेपालबाट कुल १.९३ करोड अमेरिकी डलर बराबरको तयारी पश्मिना निर्यात भएको थियो ।


Read Previous

विश्व दूरसञ्चार र सूचना समाज दिवस मनाइँदै

Read Next

लिलाम नहुँदा सयौँ मोटरसाइकल कवाड बने

Leave a Reply

Your email address will not be published.