Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

नेपालगञ्जका सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे    


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक आयोजना कालापत्रे गर्न ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ ।    उपमहानगरका भित्री तथा बाइपास सडककाे कालाेपत्र गर्दा याे प्रविधि अपनाइएकाे हाे ।

अहिले उपमहानगरभित्रका सबै सडक कालाेपत्रे गर्न ‘अस्फाल्ट’ प्रविधि प्रयाेग भइरहेकाे वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिए । “अस्फाल्ट प्रविधि गरी कालोपत्रे सुरु गरिएकोमा केही ठाउँमा काम सकिएको छ, केही ठाउँमा काम अझै जारी छ”, उनले भने ।

उनका अनुसार उपमहानगरपालिकाको सोल्टी होटेल, लग्दहवा हुँदै बाइपास रोडको दुई किलोमिटर सडकमा अस्फाल्ट प्रविधिमार्फत कालोपत्र गरिएको छ । वडा नं १८ स्थित भाटभटेनीदेखि पश्चिम श्रीनगर टोलसम्म दुई सय ७० मिटर र प्रहरी तालिम केन्द्र पश्चिम सगरमाथा स्कुल हुँदै दीपनगरटोसम्म एक मिटर सडक कालोपत्र गरिएको हो ।

विभिन्न टोलमा थप कालोपत्र, पिसीसी तथा आरसीसी नालासहित माटो ग्राबेलको काम जारी रहेको वडाध्यक्ष वर्माका भनाइ छ ।   स्थानीय पुष्पलालचोकदेखि जमुनाह सडक कालापत्रे गर्न पनि अस्फाल्ट प्रविधि अपनाइएको छ ।

सडक डिभिजन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर जनकबहादुर धामीले काम गर्न सजिलो र लामो समयसम्म टिक्ने कालोपत्र हुने भएकाले नयाँ अस्फाल्ट प्रविधिको प्रयोग गरिएका बताए । उनले याे प्रविधिमार्फत गरिएको कालोपत्र सडक कम्तीमा सात वर्षसम्म टिकाउ हुने बताए ।


Read Previous

टीकापुर विमानस्थल सञ्चालनमा अन्याैलता

Read Next

पुरानाे पुस्ताले नुन बाेक्न प्रयाेग गरेकाे धरान-धनकुटा बाटाे पर्यटक हिड्ने पदमार्ग बनाइने

Leave a Reply

Your email address will not be published.