Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ गते हुने


काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिभिल बैंकको एकीकृत कारोबार यही फागुन १२ गतेदेखि हुने भएको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सोही दिनदेखि एकीकृत कारोबार गर्ने तय भएको हो।

नेपाल राष्ट्र बैंकले दुवै बैंकलाई गत माघ १७ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो। केन्द्रीय बैंकले अन्तिम स्वीकृत दिँदै फागुन १६ गतेसम्म एकीकृत कारोबारको समय तोकेको थियो। राष्ट्र बैंकले तोकेको समयभन्दा अगाडि नै बैँकले एकीकृत कारोबारको मिति तोकेको हो।

हिमालयन बैंक र सिभिल बैंकबीच एक सय बराबर ८० कित्ता (१००ः८०) को स्वाप रेसियो अर्थात् सिभिल बैंकको एक सय कित्ता शेयर बराबर हिमालयन बैंकको ८० कित्ता शेयर अनुपात हुने सिभिल बैंकका मर्जर समिति संयोजक अम्बिर बोगटीले जानकारी दिए। एकीकृत कारोबार अगाडि दुवै बैंकले सिस्टम अपग्रेडका लागि दुई दिन कारोबार बन्द गर्ने जनाएका छन्।

पन्ध्र दिन कारोबार बन्द

यही फागुन १२ गते हिमालय बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सिभिल बैँकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ। दुई बैंकबीच मर्जरपश्चात् एकीकृत कारोबार सुरु भएपछि सिभिल बैंकको शेयर रोक्का हुने भएको हो।

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिभिल बैंकले बिहीबार सूचना पठाउँदै आगामी फागुन १४ देखि चैत २ गतेसम्म बन्द हुने जनाएका हो।

यही फागुन १२ गते हिमालयन बैंकसँग मर्ज हुन लागेको सिभिल बैंकको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि शेयर कारोबार रोक्का हुन लागेको हो।


Read Previous

परियाेजना निर्माणमा जग्गा प्राप्ति र राेयल्टी वितरणबारे पुर्नविचार गर्नुपर्नेमा सराेकारवालाकाे जोड

Read Next

कञ्चनपुर औद्योगिक ‘हब’का रूपमा विकास हुन्छ : उद्योगमन्त्री भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *