Nepal Purbadhar

बीमा प्राधिकरणका निलम्बित अध्यक्ष ओझाले दिए सर्वोच्चमा रिट


काठमाडौं । नेपाल बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले गठन गरेको छानबिन समितिलाई खारेज गर्न तथा आफूविरुद्ध भएको निलम्बनमा फुकुवाको माग गर्दै ओझाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । 

ओझाविरुद्ध सरकारले केही दिनअघि कृष्ण गिरीको अध्यक्षतामा छानबिन समिति गठन गरेको थियो । प्राधिकरणमा ओजाको नियुक्तीपश्चात उनको आचरण, पदीय मर्यादा र कार्यक्षमताबारे छानबिन गर्न समिति गठन भएसँगै ‌ओझा निलम्बनमा परेका थिए । 

ओझाले आफू विरुद्ध गठन भएको समिति र निलम्बन फुकुवाको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाएर संयुक्त रुपमा रिट दायर गरेका छन् । 

ओझा गत वर्ष फाल्गुन १२ गते बीमा प्राधिकरणमा अध्यक्षका रुपमा नियुक्त भएका थिए । यद्यपी ओझाको नियुक्ती विषयमा उनको योग्यता नपुग्ने भन्दै आलोचना पनि भएको थियो । 


Read Previous

स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्प दंशविरुद्धको औषधी पनि आपूर्ति

Read Next

चौधरी ग्रुपको सिजि ब्रुअरीले ९ महिनामा गर्‍यो २ अर्ब २१ करोडको व्यापार

Nepal Purbadhar