
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज सार्वजनिक गर्न लागेको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर अनिश्चित कालका लागि स्थगित गरेका हुन् ।
शाक्यको सचिवालयले भनेको छ- ‘अर्को सूचना नआउदासम्मको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक ज्यूबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम केहि प्राविधिक कारणले गर्दा स्थगित गरिएको व्यहोरा अनुरोध छ ।’