Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

जुम्लाको पातारासीमा सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न


जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब ३६ किलोमिटर सडक निर्माण गरेको छ। गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा सडक विस्तार गरिएको हो ।

गाउँपालिकाका प्रविधिक शाखा प्रमुख नवीन शाहीका अनुसार आव २०७८/७९ मा दुई हजार चार सय ५० मिटर सडक ग्राभेल गरिएको थियो । यस्तै सो अवधिमा नौ किलोमिटर ग्रामीण सडक निर्माण, १४ किलोमिटर गोरेटो बाटो तथा पाँच किलोमिटर सडक ढलान गरिएको थियो ।

सो अवधिमा ग्रामीण सडक निर्माण र मर्मतका २१ योजना सम्पन्न भएका छन् । यस्तै २४ गोरेटो बाटो निर्माण भएका गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकरी दिइन् । आव २०७७/७८ मा सातै वडामा दुई सय नौ योजना सम्पन्न भएका छन् । ती योजनामा नौ करोड १८ लाख रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।


Read Previous

पर्यटकीय गन्तव्य बन्दै बागमतीको भरत ताल

Read Next

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह

Leave a Reply

Your email address will not be published.