Nepal Purbadhar

माथिल्लो डोल्पामा सेवा विस्तारसंगै ७५० स्थानीय तहमा पुग्यो नेपाल टेलिकमको फोरजी

टेलिकमले पछिल्लो पटक डोल्पाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा सञ्चालनमा ल्याएको फोरजी सेवाको नेटवर्क।


काठमाडौं। नेपाल टेलिकमको फोरजी सेवा ७५० स्थानीय तहमा पुगेको छ। टेलिकमले पछिल्लो पटक डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र कागकोटमा जेठ ८ देखि फोरजी सेवा सञ्चालनमा ल्याएसंगै यो सेवा ७५० स्थनीय तहमा विस्तार भएको हो।

कम्पनीले ४ हजार २ सय मिटर उचाईमा अवस्थित मुकोटस्थित टावरमा फोरजी उपकरण जडान गरी माइक्रोवेभ रेडियोमार्फत सो सेवा सञ्चालनमा ल्याएको छ ।

यो माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको पहिलो फोरजी साइट हो । जम्मा ७५३ स्थानीय तह मध्ये अब डोल्पा जिल्लाकै डोल्पो बुद्ध गाउँपालिका र शे फोक्सुन्डो गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकामा फोरजी सेवा पुग्न बाँकी टेलिकमले जनाएको छ। । नेपाल टेलिकमले निकट भविष्यमा ती स्थानीय तहहरुमा समेत फोरजी सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने जनाएको छ।

नेपाल टेलिकमको फोरजी सेवा पुगेसँगै अब सो क्षेत्रमा विभिन्न अनलाइन सेवाहरू सहज रूपमा प्रयोग गर्न सकिनेछ । यसबाट सम्बन्धित क्षेत्रका स्थानीय बासिन्दा तथा पदमार्गका पदयात्री र पर्यटकहरूको सञ्चार पहुँच सहज हुनुका साथै विभिन्न प्रशासनिक, सुरक्षा, स्वास्थ्य तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने र दुर्गम हिमाली क्षेत्रलाई आधुनिक डिजिटल नेटवर्कसँग जोड्दै समग्र क्षेत्रीय विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमले देशका सुगमदेखि अति दुर्गम स्थानहरूमा अत्याधुनिक दूरसञ्चार सेवा र सूचना प्रविधिको पहुँच पुर्‍याउँने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ।


Read Previous

रुग्ण हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको गृहकार्य भइरहेको छः मन्त्री यादव

Read Next

टुँडिखेललाई हरियालीयुक्त खुला स्थल बनाउने काम तीव्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar