Nepal Purbadhar

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022
बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले पश्चिम सेती अध्ययन अनुमतिपत्रका लागि भारतीय कम्पनीको आवेदन निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन अध्यादेश (यस्ता छन् विद्युत व्यापारका प्रावधानहरु) कोटेश्वर–सूर्यविनायक सडकमा प्राधिकरणले जोड्यो स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक २ अर्ब बढी लगानीमा भरतपुर महानगरकाे ढल व्यवस्थापन गरिने

असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ हुने


काठमाडौं । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालले आगामी असोज ६ गतेदेखि ‘नाडा इभि एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । विद्युतीय सवारी साधन तथा तीनका पार्ट पुर्जा प्रदर्शन गर्ने उद्देश्यले असोज ३ देखि ९ गतेसम्म ३ दिने इभि एक्स्पो आयोजना गर्न लागिएको हो ।

नेपालमा पहिलो पटक विद्युतीय सवारी साधन, पार्ट पुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाको सेवाबारे जानकारी दिन भव्य प्रदर्शनीको आयोजना गर्न लागिएको एशोशियसनले जनाएको छ । सिएट मुख्य प्रायोजक रहेको एक्स्पो काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले सहयोगी संस्थाको रूपमा एक्स्पोमा सहभागिता जनाउने भएको छ । युएसएड क्लिन एयरले नलेज पार्टनरकोरूपमा इभी चौतारी नामक ३ दिने सूचनामुलक गोष्ठी सञ्चालन गर्ने इभि एक्स्पो समितिका समाभति अनुपकुमार बरालले बताए ।

एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर रहेको छ । सह–प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट छ । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरिरहेको आयोजकले जनाएको छ ।

आन्तरिक विद्युत खपत बढाउन विद्युतीय सवारीको उपयोग अबको आवश्यकता भइसकेकाले देशलाई आत्मनिर्भर बनाउन मद्दत पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको बरालले बताए । वातावरण मैत्री विद्युतीय सवारी साधनको अपरिहार्यतालाई मनन् गरी आयोजना गर्न लागिइएको एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल तथा ब्लकहरु रहने छन् ।

एक्स्पोमा ७ वटा ब्राण्डका चार पाङग्रे, एउटा तीन पाङग्रे, १६ वटा ब्राण्डका दुई पाङग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तीय संस्थाहरूको सहभागिता रहने बरालले जानकारी दिए ।

एक्स्पोले नेपालमा विद्युतीय सवारी साधनबारे अत्याधिक जनचेतना अभिवृद्धि गर्न एवं सम्बिन्धित सम्पूर्ण अटो व्यवसायीहरूको समस्टिगत प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने मा आयोजकले विश्वास लिएको छ ।

एक्स्पोलाई बढी जानकारीमूलक, सेवामूलक र ग्राहकमुखी बनाउन वित्तीय सेवा, बिक्रीपछिको सेवा एवं बीमाका छुट्टाछुट्टै स्टलहरू रहने छन् । एक्स्पो सम्बन्धी समाचार सम्प्रेषणमा सहयोग पुर्याउनका लागि छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिने बरालले बताए ।

सोमबारदेखि आगामी असोज ५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा विशेष सहुलियत दिइएको आयोजकले जानकारी दिएको छ । प्रत्येक टिकट खरिदमा खल्ती डिजिटल पेमेन्टबाट टिकल लिनेहरूका लागि २५ प्रतिशत क्यास ब्याकको अफर समेत दिइएको छ । ४ दिन सम्म चल्ने उक्त नाडा इभी एक्स्पोमा लगभग ४० हजारले अवलोकन गर्ने अनुमान छ ।


Read Previous

त्रिशूली जलविद्युत कम्पनीको सेयरको बाँकी रकम असोज ४ गतेबाट संकलन गरिने

Read Next

मानव विकास सुचकांकमा झिनो सुधार, असमानतामा वृद्धि

Leave a Reply

Your email address will not be published.